Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,फागुन ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा आगामी बैशाख ९ गते हुने भएको छ । बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ । कार्यदलका संयोजक रामबहादुर थापा बादल र ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् ।
एमाले र माओवादीले आगामी ९ बैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् ।
एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed