Breaking News.... EverestOnlineKhabar
June 5, 2026

विश्वकप छनोट क्रिकेटः नेपालको दोस्रो हार, स्कटल्याण्डसंग ४ विकेटले पराजित

Loading

काठमाडौ,फागुन ।
विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपालले दिएको १५० रनको लक्ष्य स्कटल्याण्डले ४१.३ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । उसको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले ।
नेपाली बलरहरुले एकपछि अर्को विकेट लिएपनि कोएट्जर लगातार क्रिजमा टिकिरहे । १३६ बलको सामना गरेका उनले सात चौका र ३ छक्का हानेका थिए । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले २—२ विकेट लिए भने ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले १—१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो । नेपालको सुरुवात निकै खराब रहृयो । मात्र १४ रन जोड्दा ४ विकेट गुमाएको नेपालका कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाललाई सम्हाल्ने प्रयास गरे ।
आरिफ शेखसँग २५, सोमपाल कामीसँग ४२ र रोहितकुमार पौडेलसँग १९ रनको साझेदारी गरेका पारस सातौं विकेटका रुपमा आउट भए । उनले ६३ रन बनाए । बसन्त रेग्मीले २४ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed