![]()
चितवन । आउँदो बुधवारबाट चितवनमा महिला टी–ट्वान्टी क्रिकेट लिग हुने भएको छ । आयोजक राईजीङ क्रिकेट अफ वुमन्सले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
चितवन रत्ननगरस्थित नेपाल माबिको मैदानमा हुने प्रतियोगितामा ४ टोलीको सहभागिता रहने राईजीङ क्रिकेटकी अध्यक्ष आरती बिडारीले जानकारी दिईन् । चारदिनसम्म चल्ने प्रतियोगिता लिगको आधारमा हुनेछ । लिग पछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आयोजक राईजीङ क्रिकेट अफ वुमन्स, सशत्र प्रहरीको एपीएफ क्लब, मिलान क्रिकेट एकेडमी र भारतको अल इण्डिया टि – ट्वान्टी क्रिकेट एसोसियसनको सहभागिता रहनेछ ।
प्रतियोगिताको बिजेताले ट्रफीसहित ५० हजार प्राप्त गर्ने छन् । उपविजेताले ट्रफी र प्रमाणपत्र पाउने छन् ।


