Breaking News.... EverestOnlineKhabar
September 29, 2026

एमालेले मंगलबार राष्ट्रपतिको उम्मेदवार तय गर्दै, झलनाथको पल्लाभारी

Loading

काठमाडौं । नेकपा एमालेले मंगलबार राष्ट्रपतिको उम्मेदवार तय गर्ने भएको छ । फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुने भएपछि एमालेले आधिकारिक रुपमा आफनो उम्मेदवार तय गर्न लागेको हो ।

बामगठवन्धनको भागवण्डा अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले स्थायी कमिटी बैठकमार्फत राष्ट्रपतिको उम्मेदवार छान्न लागेको हो । यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

एमालेभित्र उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । नेता माधव नेपाल समूहले बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने तर्क अघि सारेका छन् । स्थायी कमिटीमा उपाध्यक्ष बामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराई खनालको पक्षमा देखिएका छन । उनीहरुले खनाल राजनीतिक सुझबुझ भएको, पूर्व प्रधानमन्त्री र पार्टीको अध्यक्षसमेत भैसकेको, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएको तथा राष्ट्रवादी नेता भएकाले राष्ट्रपतिमा उनको विकल्प खोज्न नहुने बताइरहेका छन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने बहालवाला राष्ट्रपपति विद्या भण्डारीलाई दोर्होयाउन चाहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed