![]()
काठमाडौं । राष्ट्रपतिको निर्वाचन अघि प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुने भएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते भएकाले त्यसअघि नै प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख र उपप्रमुखको निर्वाचन हुने भएको हो ।
बुधवार संसद सचिवालयले आह्वान गरेको दलहरुको बैठकमा राष्ट्रपतिको निर्वाचन अघि संघीय संसदका दुवै सदनको नेतृत्वका लागि निर्वाचन गर्ने सहमति भएको हो । बैठकले निर्वाचन तालिका तयार गर्न र यस विषयमा गृहकार्य गर्न सचिवालयलाई निर्देशन दिइसकेको छ ।
निर्वाचनको मिति भने २० गते बस्ने दलहरुसहितको अर्को बैठकले टुङ्गो लगाउने छ।


