Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रबुद्ध समूह (इपीजी) को सातौं बैठक सकारात्मक, विवादित बिषयमा साझा धारणा बनाउनेक्रम अन्तिम चरणमा

Loading

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) को सातौं बैठक सकारात्मक रुपमा सम्पन्न भएको छ । दुई दिन काठमाडौंमा भएको बैठकमा सन् १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा सकारात्मक छलफल भएको नेपाल समूहका संयोजक डा. भेषबहादुर थापाले बताउनुभयो ।

त्यस्तै व्यापार, पानी, सीमा लगायतका दुई देशबीचका साझा सरोकारका विषयमा समान धारणा बनाउने क्रम अन्तिम चरणमा पुगेको संयोजक थापाले बताउनुभयो ।

प्रबुद्ध समूहको आठौं बैठकले पूर्ण प्रतिवेदन तयार पार्ने सम्भावना छ । समूहलाई अब ५ महिनाको अवधि छ । यो अवधि ‘नन एक्स्टेन्डेबल’ अर्थात बढाउन नमिल्ने हो ।

पत्रकार सम्मेलनका बोल्दै भारतीय पक्षका सदस्य एवम भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको धारणा राखे । उनले ओलीकै पहलमा प्रबुद्ध समूह गठन भएको र अहिले समूहको काम पनि अन्तिम चरणमा पुगिरहेकाबेला ओली प्रधानमन्त्री बन्नु सुखद रहेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed