![]()
बीबीसी । रुसका खेलाडीले दक्षिण कोरियामा जारी विन्टर ओलम्पिकको समापनमा आफ्नो राष्ट्रको झन्डा बोक्न नपाउने भएका छन् । तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलिरहेकाले समापनको मार्चपासमा आफनो देशको झन्डा बोक्न नपाउने भएका हुन ।
रुसमाथि अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटिको प्रतिबन्ध कायम रहेको कारण तटस्थ झण्डामुनी रहेर प्रतिस्पर्धा गरिरहेका रुसका खेलाडीले मार्च पासमा झन्डा बोक्न नपाउने भएका हुन् ।
यो पटकको ओलम्पिकमा रुसका १६९ खेलाडीले तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिकमा सहभागिता जनाएका छन । जसमध्ये दुई रुसी खेलाडी डोपिङमा असफल भएका छन् । डोपिङमा असफल भएसँगै एलेक्जेन्डरको पदक समेत खोसिएको छ ।
यो पटक ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रुसले दुई स्वर्ण पदक जितेको छ । रुसकी १५ बर्षीय एलिना जागीतोभाले फिगर स्केटिङमा स्वर्ण जितेकी हुन् । यस्तै रुसका पुरुष टिमले आइस हक्कीमा स्वर्ण जितेको छ । तटस्थ झण्डामुनी रहेर ओलम्पिक खेलेका खेलाडीहरुले हालसम्म २ स्वर्ण ६ रजत र ९ कास्यसहित कुल १७ पदक जितेका छन् ।


