Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रोनाल्डोले २ गोल गरेपछि आलाभेसबिरुद्ध रियल मेड्रिड बिजयी

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अलाभेसलाई ४ – ० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई सहज जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ग्यारेथ बेल र करीम बेन्जिमाले एक– एक गोल गरे ।
यो जितसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी घटाएको छ ।

यो जितपछि तेस्रो स्थानको रियलले २५ खेलबाट ५१ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १४ अंकले पछि छ । यस्तै रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ४ अंकले पछि छ । लिगमा बार्सिलोनाको ६५ तथा एथ्लेटिकोको ५५ अंक छ । रियलसँग पराजित अलाभेस २८ अंक जोडेर लिगको १६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed