Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिरियामा ३० दिन युद्धबिराम गर्न राष्ट्रसंघ सुरक्षा परिषद्मा सहमति

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविरामका लागि अपील गर्दै एउटा प्रस्ताव पारित गरेको छ।
दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा एक हप्तासम्म चलेको व्यापक बमबारीपछि यो निर्णय लिइएको हो। उक्त युद्धविरामले सहायता सामग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू चाल्न मद्दत गर्नेछ।

पछिल्लो युद्धविरामले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई सम्बोधन गरेको छैन, जसका कारण त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियाली सैन्यबल सो युद्धविरामको पक्षमा अभिनेमा आफूलाई शंका रहेको भन्दै मतदान ढिलो गराउनमा भूमिका खेलेको भन्दै रूसको आलोचना गरिन्।

सिरियाली अभियानकर्ताहरूले सुरक्षा परिषद्ले मतदान गरेपछि पनि गुटा क्षेत्रमा हवाई आक्रमण जारी रहेको जानकारी दिएका छन्। रुसी राजदूतले पनि युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

गएको आइतवारयता पूर्वी गुटामा सरकारी फौजहरूले गरिरहेको हमलामा करिब ५ सय जनाले ज्यान गुमाएका छन्। विद्रोहीहरूले गोलाबारीका कारण दमास्कसमा १६ सर्वसाधारणलाई मारिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed