![]()
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि फागुन २१ गते चुनाव हुने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्दै दलको नेता चयनको मिति तय गरेको हो ।
दलको नेता चयनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे छन् ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदवारी दिने बताएका छन् ।
महामन्त्री सशांक कोइरालाले सर्वसम्मत रुपमा भए आफू संसदीय दलको नेता बन्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।


