Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

सुर्खेत ।  प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेतकाे वीरेन्द्रनगर रहने भएकाे छ । मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम कर्णाली राखेको हो । राजधानी भने सुर्खेतकाे वीरेन्द्रनगर तोकिएको छ ।

यसअघि नाम र स्थायी राजधानीका लागि दुई/दुईनाम मन्त्रिपरिषद्ले प्रस्ताव गरेको थियो । ‘भेरी कर्णाली’ र ’कर्णाली’ नाम प्रस्ताव गरिएकोमा कर्णाली नै पारित भएको हो ।

राजधानीका लागि सुर्खेत र जुम्ला प्रस्ताव गरिएको थियो । अन्तत: शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम ‘कर्णाली’ राख्ने निर्णय गरेको छ ।

प्रदेश सभादेखि मन्त्रिपरिषद्सम्म कर्णाली हावी भएका कारण प्रदेशको नाम कर्णाली राख्न सहज भएको हो । मुख्यमन्त्री महेन्दबहादुर शाही, मन्त्रीहरु नरेश भण्डारी र रावल कर्णालीबाट छन् । यसअघि केन्द्र सरकारले प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिदिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed