Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतबिरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका बिजयी

Loading

एजेन्सी । भारतविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले बिजयी भएको छ । सेन्चुरीयनमा भारतले दिएको १८९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर ४ बलमा मात्र ६४ विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रीकालाई जित दिलाउन कप्तान जेपी डुमिनीले अविजित ६४ रनको योगदान दिए । यस्तै हेन्रीच क्लासेनले ६९, रीजा हेन्ड्रीक्सले २६ तथा फरहान बेहार्डियनले अविजित १६ रन जोडे । भारतका जयदेव उनाडकटले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । भारतको लागि मनिस पाण्डेले अविजित ७९ तथा महेन्द्र सिंह धोनीले अविजित ५२ रन जोडे । यस्तै सुरेश रैनाले ३१ रन जोड्दा शिखर धवनले ३४ रन बनाए । दक्षिण अफ्रिकाका लागि जुनियर डालाले दुई विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रीकाले भारतसँगको ३ खेलको टि – ट्वान्टी सिरिजमा १ – १ को बराबरी गरेको छ । दुई टोलीबीचको निर्णायक खेल शनिबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.