Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ पार्टी अध्यक्षका लागि अयोग्य भएको सर्वोच्चको ठहर

Loading

बीबीसी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तान मुस्लिम लिग – नवाज पीएमएलएन पार्टीको अध्यक्ष पदका लागि पनि अयोग्य ठहर गरेको छ ।

अदालतले पार्टीका संस्थापक अध्यक्ष समेत रहेका सरिफले पाटीभित्र कुनैपनि आधिकारिक निर्णय, हस्ताक्षर एवं अन्य कामकारबाही गर्न समेत नमिल्ने जनाएको छ ।

गत वर्ष सर्वोच्च अदालतले पनामा पेपेर काण्डमा दोषी ठहर गरेपछि उहाँले तत्कालिन प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री पदबाट हटेलगत्तै पीएमएलएनले सरिफलाई नै पार्टी अध्यक्ष चुनेको थियो । तर अदालतले भने राष्ट्रकै लागि अयोग्य ठहर व्यक्तिले पार्टीको सर्वोच्च पदमा रही निर्णय र फैसला गर्ने अधिकार नभएको भन्दै अध्यक्ष पदका लागि सरिफलाई अयोग्य ठहर गरेको हो ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले आगामी महिना हुन लागेको संसदको चुनाव प्रभावित हुने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.