Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चैतको पहिलो हप्ता पार्टी एकताको घोषणा, शुक्रवार मन्त्रिपरिषद्ले पूर्णता पाउने

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्र सबै प्रक्रिया पूरा गरी चैतमा पार्टी एकताको घोषणा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै कार्यदलको संयुक्त बैठकले १५ दिनभित्रै प्रतिवेदन बुझाउने समयसीमा राख्दै यस्तो निष्कर्ष निकालेको हो ।

समितिले विगतका सहमति, असोज १७ को निर्णय, सातबुँदे सहमति, दुवै पार्टीका चुनावी घोषणापत्र लगायतमा छलफल गरेर प्रतिवेदन तयार पार्नेछ ।

बैठकले शुक्रवारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने पनि निर्णय गरेको छ । मन्त्रालयको संख्या कति बनाउने भन्ने बारेमा सरकारले निर्णय गरेपछि मात्रै कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.