![]()
चितवन । इन्डियन प्रिमियर लिगमा अनुबन्धित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई चितवनमा सम्मान गरिएको छ ।
चितवन क्रिकेट संघले सन्दीपसँगै उनका प्रशिक्षक राजु खड्कालाई पनि सम्मान गरेको हो । लामिछानेलाई नगद २० हजार रुपैयाँ र खड्कालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
सम्मानित भएपछि क्रिकेटर सन्दीपले भने, म यो स्थानसम्म पुग्न धेरै अग्रजको योगदान रहेको छ । त्यसमा पनि प्रशिक्षक राजु खड्काको भूमिका झनै प्रमुख छ ।
आईपीएलमा दिल्ली डेयर डेबिल्सले सन्दीपलाई भारतीय २० लाख रुपैयाँमा टिममा अनुबन्धित गरेको छ । सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।


