![]()
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा यथेष्ट छलफल गरेर मात्रै राष्ट्रपतिको उम्मेदवार तय गरिने बताउनु भएको छ । संचारमाध्यमसंग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले नेकपा एमाले र स्वयं बामगठवन्धन भित्र प्रशस्त बहस भएपछि मात्रै राष्ट्रपतिको उम्मेदवार तय गरिने बताउनु भएको हो ।
हालकै राष्ट्रपति बिद्या भण्डारीलाई दोहर्याउने कुरा असत्य भएको भन्दै उपाध्यक्ष ज्ञवालीले पूर्व प्रधानमन्त्री एवम वरिष्ठ नेता झलनाथ खनालले पनि रुची देखाउनु भएकाले उहाँका बिषयमा पनि छलफल हुने जानकारी दिनुभयो । हालकै राष्ट्रपतिलाई दोहर्याउने वा खनाललाई बनाउने बिषय पार्टीको आगामी बैठकको एजेण्डा हुने उहाँले बताउनुभयो ।
राष्ट्रपति बन्न राजनीतिक ओज, क्षमतावान, सक्षम, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध भएको र सबै शक्तिलाई मिलाएर लैजानसक्ने तथा विवादरहित व्यक्ति हुनुपर्ने उहाँको राय छ ।
नेता ज्ञवालीले माओवादीसंग पार्टी एकताकाक्रममा अध्यक्ष आलोपालो र महाधिवेशन नभएसम्म केपी ओली नै प्रधानमन्त्री रहने जानकारी दिनुभयो । उहाँले सरकार चलाउने नाममा जथाभावी संविधान संशोधन नगरी मुलुक र जनतालाई केन्द्रमा राखेर मात्र निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।


