Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

काठमाडौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि लगातार प्रश्न उठाइरहेका प्रा.डा. गोविन्द केसी जन्ममितिबारे आफनै नागरिकता प्रमाणपत्रमाथि प्रश्न उठेपछि नैतिक दबाबमा परेका छन ।

डा.केसीको जन्ममितिमा पनि एकरुपता नदेखिएपछि थुप्रै ठाउँबाट उनीमाथि प्रश्न उठाइएको थियो । चौतर्फी दबाब थेग्न नसकेपछि डा.केसीले पत्रकार सम्मेलन गरी आफनो जन्ममितिबारे प्रष्ट पार्ने प्रयास गरेका छन । उनले मानवीय त्रुटिका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गरेका छन् ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दैै डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गरे ।

केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ। ‘बढुवाका लागि पेस गरिएका कागजात फरक जन्ममिति हुनु मानवीय त्रुटी भएको म स्वीकार्छु,’ डा.केसीले पत्रकार सम्मेलनमा भने, ‘सम्बन्धित कार्यालयमा बुझाएका कागजात रुजु गर्ने अभ्यास हुन्छ।’ त्रुटीबारे पहिले नै थाहा भएको भए सम्बन्धित निकायमा गएर आफूले त्रुटी सच्चिसक्ने उनको भनाइ थियो।

नागरिकता र अन्य प्रमाणपत्र नबुझाएको भन्ने आरोप सत्य नभएको दाबी गर्दै उनले आफ्ना कागजात त्रिविका पदाधिकारीले गायब गरेर अनावश्यक विवाद सिर्जना गरेको आरोप लगाए। उनले प्रधानन्यायाधीश पराजुलीलाई अबको संसद्ले महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed