Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ओली नेतृत्वको सरकारमा सहभागि हुन राजपा र फोरमको‘ग्रीन सिग्नल’

Loading

काठमाडौ,फागुन ।
मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले केपी ओली नेतृत्वको सरकार सहभागी हुन ग्रीन सिग्नल देखाएका छन्। संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गन ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्मक देखिएका हुन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए।
स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए। वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए।
नेता त्रयबीच सरकार गठन हुनुअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो। तर माओवादीसँगको एकता प्रक्रियमा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ।‘अर्को चरणको कुराकानी नभइकनै ओली प्रधानमन्त्री नियुक्त हुनुभयो। त्यसपछि कुराकानी भएको छैन।’ राजपाका एक शीर्ष नेताले भने।
राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिवद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.