![]()
बाँके । सशस्त्र प्रहरी बलको एपीएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यू इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को बिजेता बन्यो ।
वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यू इन्द्रणी बागेश्वरी युथ क्लबमाथि २५–१२, २५–१४ र २५–९ को सहज जित निकालेको हो ।
आयोजक लिग चरणको पहिलो खेलमा बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले अन्तिम चारमा स्थान बनाएको छ ।
नेपालगञ्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा न्यूडायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह बिजेता बनेको छ ।


