Breaking News.... EverestOnlineKhabar
August 12, 2026

Loading

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंग पार्टी एकता नगर्न भन्दै आफूलाई प्रलोभन र धम्की दुवै आएको सार्वजनिक गरेका छन ।

महोत्तरीको हात्तीलेटमा शनिबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूले सबै प्रकारका प्रलोभनलाई त्याग गरी धम्कीको समेत बेवास्ता गरेर पार्टी एकतामा प्रतिबद्धता देखाएको बताए । उनले एकतालाई टुंगोमा र्पुयाउन दुवै पार्टी्भित्र दबाब बढाउनुपर्ने समेत बताए ।

शहीद र अग्रजहरुले देखेका क्रान्तिको सपना पूरा गर्न निरन्तर अघि बढ्नुपर्ने र त्यसका लागि पार्टी एकता जरुरी भएकाले षडयन्त्रकारीको षडयन्त्रबाट जोगिन सबैले खबरदारी गर्नुपर्ने धारणा उनले राखे । अध्यक्ष दाहालले एक दुई जना नेतामा भर परेर विकास, समृद्धि र समाजवादसम्म पुग्न नसकिने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed