Breaking News.... EverestOnlineKhabar
October 2, 2026

१३ जना रुसी नागरिकमाथि अमेरिकी राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको एफबिआईको आरोप

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाका विशेष अनुसन्धानकर्ता रोबर्ट मलरले १३ जना रुसी नागरिकमाथि सन् २०१६ को राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको अभियोग लगाएका छन्।

’ट्रोल फार्म’ भनेर चिनिने इन्टरनेट एजेन्सीसँग सम्बद्ध उक्त समूहले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको सम्भावना बढाउने उद्देश्यले जनमतलाई प्रभावित पार्ने गरी अनलाइनमा ठूलो मात्रामा सामग्री राखेको मलरको कार्यालयले जनाएको छ। उक्त सूचीमा क्रेम्लिनसँग निकट रहेका व्यापारी युभ्गेन प्रिगोजिन सबैभन्दा माथि छन् । तर उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

ती आरोपले ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाँठ रहेको देखाउँदैन । राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा कुनै गलत काम नगरेको दोर्होयाएका छन्।

डेमोक्र्या्टिक पार्टीकी नेतृ नान्सी पलोसीले मलरले लगाएका अभियोगहरूले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गरेको कुरा अझ सशक्त रूपमा स्पष्ट भएको बताएकी छन्। तर मस्कोमा रुसी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरू मिथ्या भएको प्रतिक्रिया दिएकी छन्।

अभियोग लगाइएका रुसी व्यापारी प्रिगोजिनले आफू दुःखी नभएको बताए। रुसी समाचार संस्थाले उनलाई उद्धृत गर्दै लेखेको छ, “अमेरिकी नागरिकहरू भावनामा बग्ने खालका हुन्छन् र उनीहरू नराम्रो हेर्न चाहन्छन् भने हेर्न दिउँ।“

१३ जनामध्ये तीनजनामाथि गैरकानूनी रूपमा रकमको कारोबार गरेको पनि अभियोग लगाइएको छ भने पाँचजनामाथि परिचय चोरेको आरोप लगाइएको छ। अभियोगपत्रमा तीनवटा रुसी कम्पनीको पनि नाम समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed