![]()
बीबीसी । मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । यो एक शताव्दीयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले बताएका छन् ।
भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । भूकम्पले करिब २ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् ।
ओसाकाका केही भवन भत्किएका छन् । हजारौं मानिस घर बाहिर निस्किएका छन् । भूकम्पबाट २ जनाको मृत्यु भएको जनाइएको छ । मृतकको संख्या धेरै हुनसक्ने अनुमान गरिएको छ ।
गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद् आइलागेको हो ।


