Breaking News.... EverestOnlineKhabar
October 3, 2026

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही नियुक्त

Loading

सुर्खेत । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।
शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो ।

मुख्यमन्त्री शाहीको शपथग्रहण भने शुक्रवार हुने छ । प्रदेश ६ भागबण्डामा माओवादीको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।

प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र माओवादीका १३ गरी वामगठबन्धनका ३३ जना छन् । कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed