Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अध्यक्ष ओली प्रधानमन्त्री भएको खुसियालीमा युवा संघ नेपाल तथा अनेरास्ववियुद्वारा दिप प्रज्वलन

Loading

काठमाडौ,फागुन ।
सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ नेपाल तथा विद्यार्थी संगठन अनेरास्ववियुद्वारा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल सरकारको ४१ औं प्रधानमन्त्री भएकोमा देशभर दिप्रज्वलन गर्दै नेपालबाट गरिवि उन्मुलन गर्ने उद्घोष गरेका छन् ।बिहिबार युवा संघ नेपालले काठमाडौंको नयाँ वानेश्वर चोक तथा अनेरास्ववियुले माइतिघरमा दिप प्रज्वलनको कार्यक्रममा वोल्ने अधिकाशं नेताले अव देशमा स्थिर सरकार निमार्ण भएकाले देश विकास तथा आर्थिकाक्रान्ति हुने बताएका हुन् । उनीहरुले देशमा नै रोजगारीको सिर्जना गरी नेपाली युवा युवतीको पसिना नेपालमा नै सदुपयोग गर्ने दावी गरेका छन् ।

अनेरास्वयिुले अवका दिनमा विद्यार्थीले आफ्नो शैक्षिक प्रमाण पत्रको आधारमा न्युन व्याजदरमा ऋण उपलब्ध गराई देशमा नै लगानीको वातावरण सिर्जना गर्ने अनेरास्ववियुकी अध्यक्ष एंव प्रतिनिधिसभा सांसद नविना लामाले बताएकी छन् । अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले अव नेपाली युवा युवतीले रोजगारीको निम्ती विदेशको मरुभुमीमा गई पसिना बगाउनु नपर्ने दावी गरे ।
युवा संघ नेपालले आफ्नो संस्थापक अध्यक्ष देशको प्रधानमन्त्री भएकोमा व्यक्त गर्दै अव देशमा आर्थिक, सामाजिक रुपान्तरण गर्ने अधिकाशं वक्ताहरुले बताएका छन् । युवा संघका उपाध्यक्ष रमेश पौडेलले देशमा युवा तथा विद्यार्थीको लागि अव देशमा रोजगारीको ग्यारेन्टीका साथ जिम्मा लिने कामको नेतृत्व आफ्नो संघले लिने समेत बताएका छन् ।
अनेरास्ववियु तथा युवा संघ नेपालले बिहिबार काठमाडौंमा मात्र नभई देशभर नै दिप प्रज्वलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed