![]()
झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १९ गतेदेखि हुने भएको छ ।
झापा–११ फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गरी फागुन २८ गतेसम्म प्रतियोगिता संचालन गरिने र सबै खेल नकआउटका आधारमा खेलाइने जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई यो वर्ष १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइने छ । अघिल्लो वर्ष विजेता टिमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
प्रतियोगितामा एउटा विदेशी टिमसहित १० टिम सहभागी हुने छन । प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, आयोजक झापा–११, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११, रुपन्देही–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब सहभागी हुने जनाइएको छ ।
त्यस्तै, भारतको सिक्किम युनाइटेडले पनि प्रतियोगितामा सहभागिता जनाउने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


