![]()
कैलाली । गोदावरी चेम्बर अफ कमर्सको अध्यक्षमा चयन भएका युवा व्यवसायी बिनोद मल्लले आफनो क्षेत्र मात्र नभइ समग्र जिल्लामै आर्थिक गतिविधि तीव्र पार्न भूमिका खेल्ने बताएका छन । मुलुक संघीयतामा प्रवेश गरिसकेकाले अब सात नम्बर प्रदेश अन्तर्गतको क्षेत्रमा चेम्बरले रोजगारी प्रवद्र्यन, स्वरोजका कार्यक्रम लगायत युवा बर्गलाई लक्षित गरी कार्यक्रम प्रस्तुत गर्ने बताए ।
मल्लको अध्यक्षतामा यसै साता ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । कमर्सको उपाध्यक्षमा बेदप्रकास पाण्डे, महासचिवमा भुवन पाठक, सचिवमा रुपक जोशी, कोषाध्यक्षमा सुकुदेव सिंह चयन भएका थिए ।
अध्यक्ष मल्लले जिल्ला भित्रका सबै निकायसंग समन्वय गरी व्यापारी, व्यवसायीको हकहीतमा काम गर्ने बताए ।


