![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वाधारको क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरेका छन् । नयाँ बजेट अन्तर्गतका आफ्ना योजना घोषणा गर्दै उनले हजारौँ रोजगारी सिर्जना गर्न, सडक, बन्दरगाह र विमानस्थल निर्माण गर्न चाहेको बताए।
सामाजिक सञ्जाल ट्विटरमा अमेरिकी जनतालाई आफ्ना देशका लागि लगानी गर्न आग्रह गर्दै उनले मध्यपूर्वमा मूर्खतापूर्ण ढङ्गले ७० खर्ब डलर खर्च गरिएको बताए।
ह्वाइट हाउसमा बोल्दै उनले उक्त कार्यक्रममा दश बर्षमा १५ देखि १७ खर्ब डलर खर्च गरिने र त्यसको अधिकांश हिस्सा राज्य तह र निजी क्षेत्रबाट आउने उल्लेख गरे।
सबैभन्दा मुख्य समस्या ह्वाइट हाउसले पुल, रेल, सडक वा सुरूङमार्गका लागि आफ्नो योजनामा कुनै नयाँ रकम विनियोजन गरेको छैन। बरू उसले अरू सरकारी कार्यक्रमबाट बजेट तानेर खर्च गर्न सुझाव दिएको छ।
हालै गरिएको संघीय अनुदान र स्थानीय करहरूको कटौतीले चाहिने स्रोत जुटाउन गाह्रो पर्ने देखिन्छ।


