Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्ग्याउने गरी छलफल भइरहेको बताएका छन् ।

२३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको भन्दै यहि ऐतिहासिक दिनमा पार्टी एकीकरणको प्रकृया टुङ्ग्याउन आफू प्रयत्नशील रहेको बताए ।

उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आव्हान गरे । सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै उनले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पूरा गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.