![]()
काठमाडौं । बजार भाउ भन्दा सस्तोमा सुन मिलाइदिने भन्दै रु २० लाख ठगेर फरार भएका एक अभियुक्तसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा दाङका नरेन्द्र महरा, दार्चुलाका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २० लाख ५० हजार, आईफोन र एउटा स्विफ्ट गाडी पनि पक्राउ गरेको छ ।
घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनको फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी अनुसन्धान गर्दै जाँदा अर्का एक व्यक्तिसमेत पक्राउ परेका छन् ।
दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने भरत विलाश पराजुलीलाई कपनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


