![]()
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीले राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएका हुन ।
गत माघ २४ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वा्चित भएका थिए । जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने काँग्रेसले १३, माओवादी केन्द्रले १२ तथा राजपा र संघीय समाजवादी फोरमले दुई–दुई सिट जितेका थिए ।
राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पूर्णता पाउनेछ ।


