Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बिद्यार्थीहरुलाई सीसी क्यामराको डर, चार दिनमा १० लाख बिद्यार्थीद्वारा परीक्षा ‘ड्रप’

Loading

भारत । भारतको लखनउमा परीक्षा केन्द्रमा सीसीटीभी राखेपछि बिद्यार्थीहरुले धमाधम परीक्षा ड्रप गर्न थालेका छन । चीट गर्न नपाउने भएपछि उनीहरुले परीक्षा नै ड्रप गर्न थालेको बुझिएको छ ।

पछिल्लो चार दिनमा १० लाखले उत्तर प्रदेशको बोर्ड परीक्षा ’ड्रप’ गरेका छन् । शिक्षामा रहेको माफियालाई नियन्त्रण गर्ने प्रयासस्वरुप परीक्षा हलमा सीसीटीभी जडान गरिएको थियो । अघिल्लो वर्षभन्दा दोब्बर परीक्षार्थी हलबाट बाहिरिएको जनाएको छ ।

यस वर्ष करिब ६६ लाख विद्यार्थीले युपी बोर्ड परीक्षाका लागि फर्म भरेका थिए। कक्षा दश र १२ लागि उनीहरुले फर्म भरेका हुन्। परीक्षा फेब्रुअरी ६ बाट सुरु भएको हो। चार दिनमा कूल १५ प्रतिशत विद्यार्थीले परीक्षा नै छाडेका छन्। एक महिना लामो परीक्षामा थप विद्यार्थीहरु ड्रप हुने अनुमान गरिएको छ । कक्षा १० को परीक्षा फेब्रुअरी २२ र १२ को मार्च १२ मा सकिनेछ।

सन् १९९१ र ९२ मा राजनाथ सिंह शिक्षा मन्त्री हुँदा परीक्षामा चिट चोर्न र कपी गर्न रोक लगाउने नीतिगत व्यवस्था लागू गरेका थिए। त्यतिखेर क्रमशः १ लाख ३० हजार र १ लाख ६० हजार विद्यार्थीले परीक्षा त्यागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed