Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका कृष्ण बस्नेतलाई

Loading

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता तथा ’रन फर फन’ को उपाधि नेपाल आर्मीका कृष्ण बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

एपीएफका गोपिचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेन्डमा निर्धा्रित दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्टमा दुरी पार गर्दै तेस्रो भए ।

त्यसैगरी २१ किलोमिटरमा पुरुष ४५ वर्षभन्दा कम उमेरको हाफ म्याराथनको उपाधि नेपाली सेना गजेन्द्रराज राईले जितेका छन् । उनले निर्धा्रित दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् ।

नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट २ सेकेन्ड र कल्याण बानियाँले १ घण्टा १० मिनेट ३ सेकेन्डमा निर्धा्रित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

४५ वर्ष मुनिका महिलातर्फको प्रतियोगितामा नेपाली सेनाकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा निर्धा्रित दुरी पार गरी पहिलो भएकी छन् ।

सेनाकी रेशु बस्नेतले १ घण्टा २२ मिनेट ४३ सेकेन्ड र एपीएफकी विन्द्रा धनके श्रेष्ठले १ घण्टा २३ मिनेट ६ सेकेन्डमा निर्धा्रित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुष ४५ वर्ष माथिको प्रतियोगितामा दामोदर बुढामगर पहिलो, भीमबहादुर गुरुङ दोस्रो र कपिल भट्ट तेस्रो भएका छन् ।
नेपाली सेनाका अधिकृत पुरुषतर्फको १० किलोमिटरमा रुपेश नेपाली, भुपाल अधिकारी र मधु थापा पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
सेनाका अधिकृत महिलातर्फ भने करिष्मा प्रधान, मीनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed