![]()
बीबीसी । भारत प्रशासित जम्मुको सुंजवान आर्मी क्याम्पमा शनिबार बिहानै बिद्रोहीले आक्रमण गरेका छन ।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणको जम्मू रेन्जका आइजी डा. एसडी जमवालले पुष्टि गरेका छन् । जम्मु बाइपास रोड नजिकै रहेको आर्मी क्याम्पमा आक्रमण भएको हो । त्यस क्षेत्रमा विद्यालय तथा क्वाटर पनि रहेका छन् ।
आक्रमणमा दुई सैनिक मारिएका छन ।र एक आक्रमणकारी घाइते भएका छन । आक्रमणपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


