Breaking News.... EverestOnlineKhabar
October 14, 2026

प्रधानन्यायाधीशबिरुद्ध डा. केसीको अर्को पत्रकार सम्मेलन : तत्काल राजीनामा नदिए अनशन बस्ने चेतावनी

Loading

काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग्दै फेरि अनशन बस्ने चेतावनी दिएका छन्।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शनिबार पत्रकार सम्मेलन गर्दै डा. केसीले जन्म मिति ढाँटेर पटक पटक नागरिकता लिएको आरोप लगाउँदै छानबिनलाई सहयोग गर्न तत्काल राजीनामा माग गरेका हुन्।

सर्वोच्च अदालतको इजलासबाटै पराजुलीको नागरिकता छानबिनका लागि आदेश भए पनि उनले पदमा बसेर त्यसलाई तुहाउन चलखेल गरिरहेको उनको आरोप छ।

प्रधानन्यायाधीश पराजुलीले प्रमाणपत्र नक्कली बनाएर जागिर खाएको आरोप लगाउँदै डा. केसीले उनको नियुक्ति बदर गरी कानुन बमोजित कारबाही गर्न माग गरे ।

आफ्ना वकिल सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धक्की दिएकाले त्यसको पनि छानबिन हुनुपर्ने उनको माग छ । आफूले उठाएका माग पूरा नभए कुनै पनि बेला अनशन सुरु गर्ने चेतावनी उनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.