Breaking News.... EverestOnlineKhabar
June 26, 2026

फागुन ६ गते राजीनामा दिने प्रधानमन्त्रीको तयारी

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने तयारी गर्नुभएको छ । देउवा निकट कांग्रेस नेताहरुका अनुसा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गर्नुभएको छ ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताउँदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.