Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ठूलो सैन्य परेडको आयोजना गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा एउटा ठूलो सैनिक परेडको आयोजना गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएका छन ।

गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस ’बास्टिल डे’को परेडबाट प्रभावित बनेका ट्रम्पले उच्च सैनिक अधिकारीलाई अमेरिकामा पनि त्यस्तै गर्न आग्रह गरेको बताइएको छ । वाशिङ्टन डीसीमा सामान्यतया युद्धको अन्त्यतिर विजयको खुसियाली मनाउन मात्र सैनिक परेड आयोजना गरिन्छ।

डेमोक्र्याट्सहरूले सैन्य शक्ति प्रदर्शनको योजनालाई निरंकुश देशहरूले गर्ने प्रदर्शनसँग तुलना गरेका छन् । यसअघि वाशिङ्टन पोस्टले उक्त योजनाबारे पहिलो पटक खुलासा गरेको थियो। ह्वाइट हाउसकी सञ्चार हेर्ने अधिकारी सारा साण्डर्सले त्यसको पुष्टि गरेकी छन्।
उनले भनिन, “हाम्रो देशलाई सुरक्षित राख्न जीवन जोखिममा पार्ने महान् सुरक्षाकर्मीका लागि राष्ट्रपति ट्रम्प निकै सहयोगी छन्।“
“उनले रक्षा मन्त्रालयलाई एउटा समारोहको आयोजना गर्न सकिएला कि भनेका छन् जहाँ अमेरिकीहरूले कृतज्ञता जाहेर गर्न सकून्।“
पेन्टागनले कार्यक्रमबारे अहिले विस्तृत अध्ययन गरिरहेको बताइएको छ। यद्यपि ह्वाइट हाउसका एक अधिकारीले अझै उक्त योजना ’सोचविचारकै चरणमा’ रहेको बताएका छन्।

गत वर्षको जुलाईमा ट्रम्पले प्यारिसमा फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सैनिक परेडको अवलोकन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.