Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सुमार्गीको रोकिएको ४ अर्ब रकम निकासा गर्न सर्वोच्चको आदेश

Loading

काठमाडौँ । सर्वोच्च अदालतले विवादित व्यवसायी अजेयराज सुमार्गीको नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको ४ अर्ब रुपैयाँ चाहिएको बेला झिक्न दिन आदेश दिएको छ।

सुमार्गीले साइप्रसबाट आठ वर्षअघि ल्याएको २ करोड १३ लाख अमेरिकी डलरकोे स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोकेको थियो।
मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट अजेय राज सुमार्गी र सुवासचन्द्र पौडेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै चाहेको बेला रकम झिक्न दिन आदेश दिएको हो।

सर्वोच्चको आदेशमा रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणमा असर नपर्नेगरी रकम फुकुवा गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed