Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । यो मनोरञ्जनको लागि उत्कृष्ट बन्ने दाबी कम्पनीको छ ।
ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । फोरजीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने छ ।

जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिने, एच डि डिस्प्लेको कारण उत्कृष्ट दृश्य, लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री, भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिने लगायतका यसका बिशेषता छन ।

१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जीबीर्को याम तथा ८ जिबिको इन्टरनल मेमोरि ( माइक्रो एसडी कार्डको प्रयोग गरी २०० जीबीसम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवम् स्पर्ट फोटो खिच्न सकिन्छ । साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु. १५ हजार ९ सयमा उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed