![]()
धरान । थ्रीस्टार क्लब, सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै बुढासुब्बा गोल्डकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । थ्रीस्टारसँगै आहारारा गोल्डकप विजेता नेपाल पुलिस क्लब, सीएमजी संकटा क्लब र भारतको दुर्गापुर स्टिल कोलकात्ताले अन्तिम चारमा स्थान बनाएका छन ।
धरान रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले सुदुरपश्चिम ११ लाई ४–० गोल अन्तरमा पराजित र्गयो । ललितपुरे क्लबको जितमा निराजन खड्का नायक बने । सातौं मिनेटमा पहिलो गोल गरेका निराजनले ५४ र दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे । थप गोल सुनिल बलले ३७ औं मिनेटमा गरे ।
पहिलो सेमिफाइनलमा बुधवार डिफेण्डिङ च्याम्पियन पुलिस र उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहीवार दोस्रो सेमिफाइनलमा थ्रीस्टारले पाहुना टोली कोलकात्तासंग प्रतिष्पर्धा गर्नेछ ।


