Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । अमेरिकी शेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटयताकै एक दिनमा सबैभन्दा ठूलो गिरावट आएको छ । शेयर मूल्यमा ११ सयभन्दा बढी अंकले गिरावट आएको विवरणहरूमा उल्लेख छ ।

४.६ प्रतिशतको गिरावटसहित डाऊ जोन्सको सोमवारको कारोबार बन्द भएको छ । शुक्रवार अमेरिकी श्रम मन्त्रालयले रोजगारीको संख्या सार्वजनिक गरेको थियो जसले अपेक्षा गरिएभन्दा बढी तलबमा वृद्धि हुने देखाएको थियो । त्यसपछि कम मूल्यमा शेयर विक्री बढेको हो। तलबमा वृद्धि भए मानिसहरूले बढी खर्च गर्ने र त्यसले मुद्रास्फिति बढ्ने अपेक्षा गरिएको छ।

शेयरको मूल्यको आँकलन बढी गरिएको चिन्ताका माझ महिनौँदेखि बजारमा भएको वृद्धिपछि पछिल्लो गिरावट आएको हो ।
ह्वाइट हाउसका एकजना प्रवक्ताले शेयर बजारमा बेलाबखत उथलपुलथ हुन सक्ने बताएका छन् । तर उनका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यान केन्द्रित गरेका छन् जुन अपवादको रूपमा बलियो रहेको छ। ह्वाइट हाउसले भनेको छ, “शेयर मूल्यमा गिरावट आउँदा हामी सधैँ चिन्तित हुने गर्छौँ। तर हामी आर्थिक अवस्थाप्रति ढुक्क छौँ।“

शेयर मूल्यमा देखिएको गिरावटले यसअघि सन् २००८ मा भएको गिरावटलाई उछिनेको छ। सन् २००८ को आर्थिक संकटका बेला ७७७.६८ अंकले शेयर मूल्यमा गिरावट भएको थियो। प्रतिशतको हिसाबले सन् २०११ को अगष्टमा अमेरिकी शेयर मूल्यमा भएको गिरावट सबैभन्दा धेरै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed