![]()
बीबीसी । माल्दिभ्समा सरकार र सर्वोच्च अदालतबीच विवाद चुलिएपछि राष्ट्रपति अब्दुल्लाह यामिनले प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अलि हामिद पक्राउ गर्न लगाएका छन ।
संकटकाल घोषणा गरेको केही समयमै राष्ट्रपति अब्दुल्लाहले प्रहरी लगाई प्रधानन्यायाधीश र न्यायाधीशलाई नियन्त्रणमा लिएका हुन । उनीहरूमाथि लगाइएको अभियोगबारे कुनै विवरणहरू दिइएको छैन ।
अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आदेश मान्न राष्ट्रपति अब्दुल्लाह यामिनले अस्वीकार गरेपछि पछिल्लो उथलपुथल शुरू भएको हो । विपक्षीहरूले सरकारको कदम सफाया गर्ने खालको भएको बताएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले विश्वको आँखा माल्दिभ्समा रहेको भन्दै त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आह्वान गरेको छ ।
राष्ट्रपति यामिनले सर्वोच्च अदालतले गत महिना राजनीतिक बन्दीहरूलाई रिहा गर्न र त्यहाँको विपक्षी सांसदहरूलाई पुनर्स्थापित गर्न दिएको आदेशको अवज्ञा गरेका छन्।
गत साता सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूको एउटा समूहलाई रिहा गर्न आदेश दिएको थियो । उसले सन् २०१५ मा पूर्व राष्ट्रपति मोहम्मद नाशीदमाथिको सुनुवाई पनि असंवैधानिक भएको निर्णय सुनाएको थियो। निर्वासनमा बस्दै आएका पूर्व राष्ट्रपति नाशीद लोकतान्त्रिक रूपमा निर्वा्चित भएका पहिला नेता हुन्।


