Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विवादकाबीच माओवादी केन्द्र प्रदेश ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन

Loading

कैलाली,माघ ।
प्रदेश नम्बर सातको प्रदेश सभाको माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् । माओवादी सचिवालय सदस्य एवं प्रदेश ईन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएसंगै भट्ट मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटो खुला भएको छ । माओवादीको प्रदेश कमिटीले यसअघि नै मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । उनी डोटीबाट निर्वाचित सांसद हुन् ।
माओवादी प्रदेश ईन्चार्ज लेखराज भट्टले त्रिलोचन भट्टलाई पार्टीको संसदीय दलको नेता बनाउने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिए । बैठकमा कैलालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित बीरमान चौधरी र दार्चुलाबाट निर्वाचित मानबहादुर धामीले संसदीय दलको नेतामा आ–आफ्नो दावी प्रस्तुत गरेका थिए । संसदीय दलको निर्णयप्रति दुवै नेताले असन्तुष्ति व्यक्त गरेका छन् । बैठकमा आफूहरुको दावीमाथि छलफल नै नभएर एकलौटी रुपमा निर्णय भएको धामीले बताए । संसदीय दलको नेताका अर्का दावेदार चौधरीले पनि विधि र प्रकृया विनै निर्णय भएको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.