Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पूर्वप्रधानमन्त्री एंव एमाले बरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किँदै

Loading

काठमाडौ,माघ ।
आइक्याप स्थायी समितिको २९ औँ बैठकमा भाग लिन इरान जानुभएका पूर्वप्रधानमन्त्री एंव एमाले बरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ आज विहान १०ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुहुने खनालका सहयोगी कृष्ण भट्टराईले जानकारी दिनुभयो । आइक्याप स्थायी समितिको २९ औं बैठक र सिल्क रोड सम्बन्धिविशेष कार्यक्रममा सहभागी हुन इरान जानुभएको भूतपूर्वप्रधानमन्त्री एंव बरिष्ठनेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले त्यहाँ रहँदा इरानका परराष्ट्रमन्त्री सइद अब्बास एराक्चीसँग हिजो भेटवार्ता गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँहरुले इरानमाथि लगाइएको आर्थिक नाकावन्दीकावावजुत इरानले गरेको आर्थिक प्रगतिको प्रशंसा गर्नुभयो ।
बरिष्ठ नेताद्धय खनाल र नेपालले नेपाल कुनै पनि देश विरुद्द लगाईने त्यसखाले आर्थिक नाकावन्दीको विपक्षमा रहेको कुरा प्रस्ट पार्दै आफूहरु इरानीजनता र सरकारको पक्षमा रहेको धारणा राख्नुभएको थियो । उहाहरुले इरान एउटा पुरानो सभ्यता भएको देश र मध्यपूर्वको आर्थिक र राजनितिक शक्ति भएकाले आफूहरु इरानसँग कुटनितिक सम्बन्धलाई छिटो अघि बढाउन नेपाली राजदुतावास खोल्न उत्सुक रहेको बताउनुभयो ।
नेता खनाल र नेपालले नेपाल अव राजनीतिक स्थिरतातर्फ अगि बढीरहेको भन्दै नेपालको जलविद्युत र उर्जा, कृषि—उद्योग, पर्यटन, खानी, पूर्वाधार, पेट्रोलियम रिफाइनरी, स्वच्छ पिउने पानीलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । लगानीका लागि बैंकिक सहकार्य, ब्यापार सम्झौताका लागि दुबै पक्षले छिटो कदमअघि बढाउन आवश्यक रहेको भेटवार्तामा क्रममा औल्याउनुभएको छ ।
भेटवार्ताको क्रममा इरानी परराष्ट्रमन्त्री एराक्चिले नेपालका भूतपूर्व प्रधानमन्त्रि र अब सत्तासिन हुँदै गरेका पार्टीका वरिष्ठ नेताहरुले इरान भ्रमण गर्नु भएकोमा खुशी ब्यक्त गर्नुका साथै आइक्यापको बैठकले जुराएको यो भ्रमण नेपाल र इरानको दुइपक्षीय सम्बन्धका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
इरान अव पश्चिमभन्दा पूर्वतर्फ सम्बन्धविस्तार गर्न उत्सुक रहेको भन्दै नेपाल र इरानबीच छिट्टै दुइपक्षीय भ्रमणहरु अघि बढाउन आफू लाग्ने तथा कुटनीतिक सम्बन्ध, लगानीव्यापारलाई अझविस्तार गर्न आवश्यक कदम चाल्न इरान सरकारका तर्फबाट आफू लागि पर्ने परराष्ट्रमन्त्री एराक्चिले बताउनु भयो । परराष्ट्रमन्त्री एराक्चिले नेकपा एमाले र वाम गठवन्धनले प्राप्त गरेको चुनावी सफलताका लागि बधाइदिदै नेपाल अव आर्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यो भेटघाटमा परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्रि एकनाथ ढकाल, नेता खनालका विदेश मामला सहयोगी योगेन्द्र शाही, नेपालका लागि इरानी कन्सुलर नरेश श्रेष्ठ, परिवारदलका प्रवक्ता सन्तोष पौडेल पनि सहभागीहुनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.