![]()
काठमाडौ,माघ ।
राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधिसभाको परिणाम घोषणाका लागि पनि बाटो खुल्नेछ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सिटमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारले चयन गर्नेछ । त्यसका लागि कुन सरकारले गर्ने भन्ने विवाद पनि अहिलेसम्म कायमै छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोग स्रोतका अनुसार बुधबार निर्वाचन सकिएपछि बेलुकीसम्म परिणाम घोषणा भइसक्नेछ । त्यसपछि शुक्रबार नै राष्ट्रियसभाको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने र प्रतिनिधिसभामा राजनीतिक दलहरुले प्राप्त गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिटअनुसार नामावली दिन पत्राचार गर्ने आयोगको तयारी छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले ३३ प्रतिशत महिला पुर्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


