Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अफ्रिकाको बेनिन तटबाट २२ भारतीय नागरिकसहितको ट्यांकर बेपत्ता

Loading

बीबीसी । अफ्रिकाको पश्चिमी क्षेत्रमा पर्ने गिनीको खाडीबाट ठूलो मात्रामा इन्धन बोकेको एउटा ट्यांकर बेपत्ता भएको छ ।
बेनिन तटबाट चालक दलका २२ भारतीय नागरिकसहितको ट्यांकर बेपत्ता भएको हो । सो ट्याङ्करको नाम पनामा पंजीकृत मरिन एक्सप्रेस राखिएको थियो ।

अनुकूल मौसमका बावजुद ट्यांकर बेपत्ता भएपछि त्यसलाई लुटेराले कब्जामा लिएको हो आशंका गरिएको छ । यसअघि पनि सोही इलाकामा इन्धन बोकेका ट्यांकरलाई लुटेरा समूहले निशाना बनाउँदै आएका थिए ।

बेपत्ता ट्यांकरमा १३ हजार ५ सय टन पेट्रोलियम पदार्थ रहेको बताइएको छ । बेपत्ता ट्यांकरको खोजी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.