Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पूर्वराजा शाह भारत प्रस्थान, बिमानस्थलमा भने–‘मेरो यात्रा देश बचाउन र हिन्दूत्व जोगाउन’

Loading

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दुइ साताको भ्रमणका लागि भारतको कलकता प्रस्थान गरेका छन । उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षका अवसरमा आयोजित समारोहमा विशेष अतिथिका रुपमा सहभागी उनी त्यसतर्फ प्रस्थान गरेका हुन ।

पूर्वराजा शाह दुई दिन कलकतामा बस्ने र त्यसपछि उडिसा प्रस्थान गर्नेछन ।  एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गर्नुअघि विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै पूर्वराजा शाहले देश बचाउन र हिन्दूत्व जोगाउन आफू भारत जान लागेको बताएका छन्। पूर्वराजाले भने, ‘ हाँगा र पात त पलाइरहन्छन् तर जरा जोगिनु ठूलो कुरा हो, त्यही जरा संरक्षण मेरो कोशिश हो, त्यसकै लागि भारत जाँदै छु।’
उनले भने, ‘म देश बचाउन र हिन्दूत्व जोगाउन भारत जाँदै छु।’

उडिसामा पूर्वराजा शाहले गौशाला उद्घाटन तथा उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ। पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने पनि कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.