Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दक्षिण अफ्रिकी राष्ट्रपति जुमाले राजीनामा नदिने

Loading

बीबीसी । दक्षिण अफ्रिकी राष्ट्रपति जेकब जुमाले जति नै दबाब बढेपनि पदबाट राजीनामा नदिने बताएका छन् । राष्ट्रपति जुमाले सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि यस्तो बताएका हुन ।

जुमको प्रतिक्रियापछि उनको आफ्नै दलका नेताहरूले आकस्मिक बैठक बोलाएका छन् । राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरिरहेका छन् । एएनसी पार्टीका वरिष्ठ नेताहरू प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि पुगेका थिए । उनीहरुसँगको वार्तापछि राष्ट्रपति जुमा पद त्याग्न तयार हुनसक्ने अनुमान गरिएको थियो ।

दक्षिण अफ्रिकामा अर्को वर्ष आम निर्वाचन हुन लागेको छ । त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.