![]()
एजेन्सी । बिश्व फुटबलका हस्ती पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयरमारको जन्मदिन एकै दिन परेको छ । दुवै फेबु्रअरी ५ तारिखमा जन्मेका हुन ।
स्पानिस जायन्ट रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोको यो ३३औँ जन्मदिन हो । यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट क्लब फुटबल खेलिरहेका नेमार २६ वर्षका भए।
सन् १९८५ मा फुन्चल मडेइरियामा जन्मेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोष एभेइरियो हो। उनको बुबाको मन पर्ने अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नामबाट उनको नाम रोनाल्डो राखिएको हो।
पोर्चुगलकै स्पोर्टिङ लिस्वनबाट क्लब करियर सुरु गरेका थिए। सन् २००३ मा १८ वर्षको उमेरमै म्यानचेष्टर युनाइटेडबाट खेलेका रोनाल्डो २००९ मा मड्रिड पुगेका हुन्। रोनाल्डोले अहिलेसम्म क्लब र राष्ट्रका लागि ८९३ खेलमा ६२८ गोल गरेका छन्।
यसैगरी नेमार सन् १९९२ मा ब्राजिलको मेगी दास क्रजमा जन्मेका थिए। ब्राजिलियन क्लब सान्तोसबाट व्यावसायिक फुटबल करियर सुरु गरेका नेमारले स्पानिस क्लब बार्सिलोनाबाट समेत खेलिसकेका छन्। नेमारको पुरा नाम नेमार दा शिल्भा सान्तोस जुनियर हो। नेमारले ५१८ खेलमा ३२१ गोल गरिसकेका छन्।


