![]()
बिराटनगर । प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन हुने भएको छ । सोमबार बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि माघ २६ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् । उनीहरूबीच सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन हुने भएको हो ।
प्रदेश नं १ मा एमाले एक्लैको बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निश्चित छ ।


