Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश ४ को पहिलो बैठक : फागुन ३ गते सभामुखको निर्वाचन

Loading

काश्की । प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार अस्थायी मुकाम पोखरामा बसेको बैठकले अन्तरिम कार्यविधि पारित गर्दै फागुन ३ गतेका लागि सभामुखको चयन गर्ने निर्णय गरेको हो ।

ज्येष्ठ सांसद जनकलाल श्रेष्ठको अध्यक्षतामा भएको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभा संचालनका लागि गायत्री गुरुङ, देकबहादुर घर्ती, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी गुरुङ सुवेदीको एक अध्यक्ष मण्डलको समेत चयन गरेको छ ।

पहिलो सभामा बोल्दै बिभिन्न दलका सांसदहरुले संघीयताको व्यवहारिक कार्यान्वयन भएको भन्दै जनतासामु गरेका प्रतिवद्धतालाई पुरा गर्ने प्रतिबद्धता जनाएका छन । सुन्दर, शान्त, समृद्धिले भरिपूर्ण प्रदेश बनाउने अवसरलाई खेर जान नदिने उनीहरुको भनाई थियो ।
बैठकमा एमालेका पृथ्वीसुव्वा गुरुङ, किरण गुरुङ र सिर्जना शर्मा, नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली, दोबाटे विश्वकर्मा र ललितकला गुरुङ, माओवादी केन्द्रबाट हरिबहादुर चुमान, नेत्रनाथ अधिकारी र गायत्री गुरुङ, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र नयाँ शक्तिका हरिशरण आचार्यल बोलेका थिए ।

यस प्रदेशमा गोरखा, लमजुङ, कास्की तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.